अब बजारमा ठेलामा व्यापार गर्न नपाइने, १० हजार जरिवाना गर्ने बनाइयो नियम

Uncategorized

दाङ । तोकिएको स्थानमा भन्द अन्यत्र ठेलामा व्यापार गरिए १० हजार जरिवाना गर्ने दाङको घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले जनाएको छ । घोराही बजारमा ठेलालाई निषेध गर्ने कार्यक्रमअनुसार ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न प्रतिबन्ध लगाएको हो । तोकिएको स्थानमा एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ ।

ठेला व्यवसाय सञ्चालनका लागि घोराहीको ट्राफिक चोक, बालमन्दिर र पुरानो बसपार्क्स्थित सभागृह निर्माणस्थल बाहिर ठाउँ तोकिएको छ । घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेको अनुमान छ ।

कसैले अटेर गरी बजार क्षेत्रको सडकमा ठेला गुडाएको पाइएमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने छ । घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिकाअनुसार अब ठेला गुडाउँदै बजार बजार हिँड्न नपाइने र कसैले अटेर गरेमा कार्य्विधिमा भएको व्यवस्थाअनुसार कारबाही गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *