ओलीको प्रधानमन्त्रीलाई प्रश्न ‘भोली पारित नहुने अध्यादेशबाट चुनिने सांसद खारेज हुने हो?’

Uncategorized

काठमाडौं, १ पुस। नेकपा एमालेले नेपाली कांग्रेसले पटक पटक जनमतको कदर नगरेको बताएका छन्।

रिपोर्टस क्लब नेपालले उनको निवास बालकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०६४ सालमा जस्तो हारे पनि सत्ता नछाड्ने घिनलाग्दो कुरामा कांग्रेस लागेको आरोप लगाए। नेपाली कांग्रेसको नेतृत्वविरुद्ध निकै आक्रामण रुपमा प्रस्तुत भएको ओलीको अहिलेको राष्ट्रपतिको पठाएको अध्यादेश पारित सांसदबाट पारित नहुने बताए ।

‘अहिलेको चुनाव गराउने सरकारले बहुमत ल्याएको भए उसँग बहुमत छ भोली पनि त्यही कार्यान्वयन गराउने हो भन्ने हुन्थ्यो, अल्पमतमा परेपछि आफुलाई अनुकुल हुने गरी ल्याउने हो र त्यसलाई राष्ट्रपतिले जारी गर्नु पर्ने हो भने यो सानुपातिक भनेर जहाँ जे सुकै लेखिएको हो भने पनि सरकारले नियुक्त गर्न पाउनु पर्ने सरकारले अध्यादेश लग्यो भने के हुन्छ ?’ ओलीको प्रश्न थियो,  भोली गएर त्यो ऐन पारित हुँदैन भने भोली त्यो अध्यादेशबाट नियुक्त भएका सांसद पदमुक्त हुन की नहुने ? यस्तो जटिल विषयमा जसले बहुमत ल्याएको छ उसँग कुनै परामर्श पनि छैन।’

ओलीले चुनावी परिणाम आइसकेपछि अनेक प्रकारको अत्तो र खोचे थापेर लोकतान्त्रिक अभ्यासलाई विफल बनाउने, जनताको अभिमतलाई अबमूल्यन गर्ने काम हुन लागेको आरोप लगाए। ‘मर्यादी संघसंस्थाहरुको अनुचित व्याख्याका साथ अनुचित ढंगले प्रयोग गर्ने खोज्ने काम विल्कुलै शोभनिय हुँदैनन्’ ओलीले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न लगाएर विवादमा पार्न खोजेको तर्फ संकेत गर्दै भने ।

सरकारले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिमा पठाएको छ । जसमा राष्ट्रियसभाको गठन बहुमतीय नभै एकल संक्रमणीय निर्वाचन विधिबाट गर्ने उल्लेख छ।

‘चुनावी परिणाम आएपछि परिणामलाई हेरेर कानुन बनाउने, सयममा गर्नु पर्ने नगर्ने परिणाम आइन्जेल पर्खिने र त्यसलाई आफ्नो अनुकुल ढंगले व्याख्या गर्ने,  त्यसअनुसार अघि बढ्न खोज्ने, सांसदमा कुरा मिलेन भने विथ हेल्ड गरेर राख्ने, अनि अध्यादेशको बाटोबाट पठाउने काम भयो,’ उनले भने ।

‘राष्ट्रियसभाको गठन सरकारसँग सम्बन्धित छैन । प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेतालाई राष्ट्रपतिले बोलाएर प्रधानमन्त्री नियुक्त गर्नु हुन्छ । कुनै दलको बहुमत छैन भने दुई वा दुई दलको समर्थनमा बहुमत ल्याउँछ भने त्यसलाई नियुक्त गर्नु हुन्छ । प्रधानमन्त्री नियुक्तिको प्रवाधान त्यही हो,’ उनले भने ‘अन्त्य कहा के के खोजेर कसलाई के के चित्त बुझेको छैन भन्ने विषयमा कानुन हुन्छ ? कांग्रेसलाई कतिपय स्थानमा पराजय भएको कुरा चित्त बुझेको छैन भन्ने कुरा पनि यो अभ्यासमा आउछ र। राष्ट्रिय सभाको गठन प्रक्रिया फरक छ। कम्तीमा ३७. २ प्रतिशत हुन्छ ।’

– shikharnews बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *