क्षयरोग भएका विरामीलाई क्यान्सर भएको भन्दै अपरेसन गरियो !

Uncategorized

काठमाडौं । काठमाडौ महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा क्षयरोगका बिरामीलाई क्यान्सर भएको भन्दै गलत उपचार भएको छ । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका ३८ वर्षीय रामकुमार बानियाँ बाँया गालामा पिलो भएर टिचिङ अस्पतालमा पुगेका थिए ।

माघ १६ गते अस्पतालले उनको चेकजाँच सुरु ग¥यो । अस्पतालले माघ २४ गते उनलाई क्यान्सर भएको भन्दै रिपोर्ट दियो । पुनः रिचेक गरी फागुन २ गते पनि क्यान्सर नै भएको भन्दै फाइनल रिपोर्ट आयो । यो दुबै परीक्षण रिपोर्टमा प्याथोलोजिष्ट डा.शोभाना थापाले हस्ताक्षर गरेकी छिन् ।

यही रिपोर्टका आधारमा उनलाई क्यान्सर भएको भन्दै फागुन ८ गते शल्यक्रिया गरे । अहिले पनि उनी अस्पतालको बेडमा नै छन् । तर उनको शल्यक्रियापछि रोग निको हुनुभन्दा झन् बल्झिदै गयो । शल्यक्रिया गरेको ठाँउमा झन् समस्या भैरहेको छ ।

यसैबीच चिकित्सकहरुले नै उनको पुनः परीक्षण गरे । तर फागुन १९ गतेको रिपोर्टले बिरामी र बिरामीका आफन्तहरु मात्रै होइन चिकित्सकहरु नै अच्चममा परे । पहिले क्यान्सर भनिएका बिरामीलाई क्यान्सर नभै क्षयरोग टिभि भएको रिपोर्ट आयो ।

एउटै बिरामीको फरक–फरक रिपोर्ट आउनुे लापरवाही भएको उपचारमा संलग्न चिकित्सकले नै स्विकार गर्छन् । गालामा डन्डिफोर देखिएर विस्तारै पिलो जस्तो देखिएपछि अस्पतालमा आएका बानियाका उपचार नै गलत परेपछि अहिले झन् समस्या थपिएको छ । अस्पताल प्रशासनले समेत गल्ती स्विकार गरेको बिरामीका आफन्तको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *