सरकारले जनताको भोटलाई ख्यालख्यालको रूपमा लिँदैन : प्रधानमन्त्री ओली

Uncategorized

रौतहट । शनिबार रौतहटको गरुडमा नेकपाकाे आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको भोटलाई ख्यालख्यालको रुपमा नलिएको बताउनु भएको छ । गरुडमा भएको सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताकाे भाेटकाे उच्च मूल्यांकन गरीरहेकाे बताउनुभयाे ।

नेकपाको एकिकरण पछि तराईमा भएको आफ्नो पहिलो आमसभामा बोल्दै उहाँले मधेशमा विकासको राजनिति सुरु भएको समेत बताउनु भएको छ । तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएका व्यक्तिले समेत संविधान मानेर राज्यको मूलधारमा आएको भन्दै उहाँले भन्नुभयाे: अब तराईमा पनि विकासको राजनिति सुरू भयाे ।

उहाँले स्थानीयतह देखी सरकारसम्म नेकपाको नेतृत्व भएको अवगत गराउँदै अबको राजनीती विकासको राजनित हुने र त्यसमा सहयोग गर्न तराईवासीलाई आग्रह समेत गर्नुभयो । उहाँले सीके राउत संग भएको सम्झौतालाई इग्गित गर्दै भन्नुभयो अब तराईको विकास हुने कुरामा शंका नगर्दा हुन्छ ।

प्रधानमन्त्री ओलीले सरकार जनताको नै भएको भन्दै सरकारले जनताको भोटको उच्च कदर गर्ने र देशमा व्याप्त भष्ट्राचार तथा अपराध जन्य घटनाको अन्य गर्ने सरकार लागि परेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *