काँग्रेसका अमरेशले ‘अर्काे’ विवाह गर्दा नेकपाका बोहराको ५१ वर्षमा लगनगाँठो !

Uncategorized

काठमाडौँ, २५ फागुुन । नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले ‘अर्काे’ विहे गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग विहे गरेका हुन् ।

उनीहरुको विहे बंगलामुखि मन्दिरमा भएको हो । सांसद सिंहले पहिलो श्रीमती साथमा हुँदाहुँदै अर्काे विहे गरेका भने होइनन् । २०६४ सालमा पहिलो विहे गरेका सिंहको २०६७ सालमा सम्बन्ध विच्छेद  भइसकेको थियो । त्यसयता उनी विहे नगरेर बसेका थिए ।

जोशीको पनि पहिलो विवाह महेन्द्रनगरमा भएको बुझिएको छ । यद्यपी, उनले सम्बन्ध विच्छेद गरे/नगरेको खुलेको छैन ।

सिंह दम्पत्ति

उता, नेकपाका एक जना सांसद ५१ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका छन् । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका हुन् ।

वि.सं. २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा दार्चुलाकै सुनिता तिङकरीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

सौका समुदायमा जन्मिएका प्रदेशसभा सदस्य बोहरा र तिङ्करीको कञ्चनपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको विष्णु मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह भएको हो ।

बोहरा दम्पत्ति

बोहरासँग वैवाहिक जीवनमा बाँधिएकी सुनिता दार्चुलामै व्यापार–व्यवसाय गर्दै आएको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *