कांग्रेस सभापति देउवा लगायतले म्याग्दी पुगेर गरे ताताेपानी कुण्डमा स्नान

Uncategorized

म्याग्दी । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दीको तातोपानी कुण्डमा आइपुगेका छन् । म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत यहाँ आइपुगेका हुन् ।

सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण एवं कुण्डमा स्नानसमेत गर्नुभएकाे छ। कांग्रेस नेताहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो । तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रूपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *