प्रधानमन्त्री ओली विरामी हुनुहुन्छ सरकारको विरोध नगरौं– काँग्रेस सभापति देउवा

Uncategorized

विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति एवम् प्रतिपक्षी दलका नेता शेरबहादुर देउबाले प्रधानमन्त्री केपी शर्मा ओली विरामी परेकाले अहिले सरकारको धेरै विरोध गर्न नहुने बताउनु भएको छ । उहाँले वाइड वडी प्रकरणमा विराटनगरका सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो ‘प्रधानमन्त्री ओली विरामी हुनुहुन्छ सरकारको विरोध नगरौ ।’

बिहीवार विराटनगरमा संचारकर्मीसंग सभापति देउबाले कसैको पनि चरित्र हत्या गर्ने कार्य राम्रो नहुने भएपनि बोलेकै आधारमा भने कारवाही नगरिने बताउनु भएको छ ।

सभापति देउवाले महाधिवेशन लागेकै कारण आफ्नो विरोध शुरु भएको बताउनु भयो । उहाँले तोकिएको समयमा नै महाधिवेशन गर्न लागेकोले नेपाली कांग्रेसमा निर्वाचन लागेको बताउदै विरोध गरेकै भरमा कसैलाई पनि कारवाही नगरिने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा सभापति देउबाले महासमितिको म्याण्डेट अनुसार नै केन्द्रीय कार्यसमितिले निर्णय गरेको बताउदै जिल्ला सभापतिहरुको केही माग जायज भएकाले त्यसलाई वार्ता गरेर समाधान गरिने जानकारी दिनुभयो । उहाँले चाक्सीबारी भेला बस्नु सामान्य कुरा भएको बताउदै पार्टीलाई सुदृढ बनाउने कार्यमा आफु क्रियाशील भईरहने प्रष्ट पार्नुभयो । साभार: न्युज24

Leave a Reply

Your email address will not be published. Required fields are marked *