पोखरामा लगातार तेस्रो दिन प्याराग्लाइडिङ दुर्घटना, आज पनि एकको मृत्यु

Uncategorized

पोखरा । पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ । यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका नागरिकको मृत्यु भएको थियो भने सोबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दूई जना घाइते भएका थिए ।

मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केहीबेरमै दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो । यही फागुन १९ गते रोमानियाका एक नागरिकले फेवातालमा खसेर उपचारका क्रममा ज्यान गुमाएका थिए भने २० गते कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेर दुई जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *