धनगढीमा शिवरात्रीकै दिन दलितलाई पूजा गर्न रोक लगाउने पुजारी पक्राउ

Uncategorized

शिवरात्रिको उल्लास चढेकै बेला धनगढीको एक शिवालयमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाउने पुजारीलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–५ जाई स्थित भैरव मन्दिरमा स्थानीय दलित समुदायलाई पूजा गर्नबाट रोक लगाउने पुजारी मातालाई पक्राउ गरिएको हो । जातीय विभेद गरी दलितलाई पूजा गर्न रोक लगाईएपछि प्रहरीले ४० वर्षीया पुजारी गंगा गिरीलाई पक्राउ गरेको हो । डोटीको सिलगढी घर बताउने पूजारी गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकिल सिंहको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षकले सिंहले उनलाई पक्राउ गरिसकेको बताउँदै घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए । मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरैरै दलित युवतीलाई पूजा गर्नबाट रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्री समेत फालेको स्थानीयको आरोप छ । स्थानीय दलित समुदायका मान्छेहरू पूजा गर्न आउँछन् भन्दै हाल सो मन्दिरमा ताला लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *