भारतीय सेना फिर्ता गर्ने इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिन सुझाव

Uncategorized

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिन हस्ताक्षर अभियान थालिएको छ ।

पाकिस्तानी सैनिकको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दनलाई फिर्ता गरे लगतै इमरानको चर्चा सुरु भएको हो । शान्ति प्रक्रियाका लागि पहल थालेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार दिन अभियान थालिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार आइतबार दिउँसोसम्म तीन लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ ।

उनीहरुले प्रधानमन्त्री खानले भारतीय विंग कमान्डर अभिनन्दनलाई रिहा गरेर छिमेकी मुलुक भारतसँगको सम्भावित युद्धलाई टारेको बताएका छन् । पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले इमरानलाई पुरस्कार दिन माग गर्दै संसदमा प्रस्ताव पेस गरेका थिए ।

फेब्रअरी १४ मा भारत प्रशासित कास्मिरको पलुवामामा भएको हमलामा ४० भन्दा बढी सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढेको थियो । सो घटनाको जिम्मेवारी पाकिस्तानको चरमपन्थी संगठन जैश–ए–मोहम्दले लिएको थियो ।

घटनाको केही समयपछि भारतले जैश–ए–मोहम्दको क्याम्पमा हमला गरेको थियो । जवाफमा पाकिस्तानले भारतीय विमान खसाल्नुका साथै अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो । इमरानको भारतीय सेना फिर्ता गर्ने निर्णयको केही भारतीय बुद्धिजिवीले पनि प्रसंसा गरेका छन् ।

भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्केण्डेय काटजूले पनि इमरानको शान्ति प्रक्रियाको कदमको तारिफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *