संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अबको चार दिनमा सकिने भएको छ ।मन्त्री अधिकारी नेपाली परम्परा अनुसार १३ दिनको काजकिरियालाई परिवर्तन गर्दै सात दिनमा सक्नुपर्छ भन्ने अभियानमा लागेकाले उनकै चाहना अनुसार किरियाकर्म सात दिनमा टुंग्याइने भएको अधिकारीका आफन्त धनराज आचार्यले बताए । मन्त्री अधिकारीले समय परिस्थिती अनुसार काजकिरियाको समय अवधि छोट्याउनु पर्छ भन्दै यस अघि पटक पटक कार्यदलमा छलफल समेत गरेकोले उनको इच्छा अनुसार संस्कारको परिवर्तन उनकै काजकिरियाबाट सुरुवात गर्न लागिएको आचार्यले बताए ।
मन्त्रि अधिकारीको निधन भएको तीन दिन बितिसकेको छ।उनले भने “ यस बिषयमा मन्त्री अधिकारीले अभियाननै संचालन गरेको हुनाले उहाँका परिवारजनसँग छलफल गरी उहाँको अभियानलाई सार्थकता दिलाउन यस्तो निर्णय गरेका हौं । ”मन्त्री अधिकारीको किरियाकर्म पोखरा मालेपाटनस्थित घरमा हुने भएको छ । यही फागुन २१ गते मंगलबार सुद्धासुद्धि कार्यक्रम तय गरिएको आचार्यले बताए ।ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो ।