वाइडवडी खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको प्रधानमन्त्री ओलीको दाबी

Uncategorized

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको दावी गर्नुभएको छ ।

अधिकारीको शोक प्रस्ताव पारित गर्न आज बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले ‘वाइडबडी’को बिषय जोडेर अधिकारीको बद्नाम गर्न मात्रै खोजिएको दावी गर्नुभएको हो ।

‘वाइडबडी’ प्रकरणमा जोडेर लाञ्छना लगाउने, मानमर्दन गर्ने उद्देश्य राखिए पनि अघिल्लो सरकारकै निर्णय कार्यान्वयन गर्नेले भ्रष्टाचार गर्यो भन्नुमा सत्यता नरहेको प्रधानमन्त्रीको भनाइ थियो । छिटो समयमा अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको भन्दै प्रधानमन्त्री ओलीले अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको औंल्याउनु भयो ।

नेकपा संसदीय दलको बैठकले दुर्घटनामा निधन भएकाप्रति शोक प्रस्ताव पारित गर्दै मृतकका परिवारको लालनपालनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *