मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन र शव यात्रामा सहभागी हुन पोखरामा भेला भए हजारौँ मानिस

Uncategorized

कास्की । कास्कीको पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्र र आसपास हजारौं मानिस भेला भएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन उनीहरु नेपालको राष्ट्रिय झण्डा, पार्टीको झण्डा र फूल लिएर भेला भएका छन् । काठमाडौंबाट केहीबेरमै मन्त्री अधिकारीको पार्थीव शरीर पोखरा ल्याइँदैछ । श्रद्धाञ्जलीसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ । मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको पार्टीका कार्यकर्ताले बताएका छन् ।

श्रद्धाञ्जली सभा सकिएपछि पोखराको विभिन्न स्थानमा शवयात्रा गरिने कार्यक्रम छ । शवयात्रामा पछि पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ । अन्तिम संस्कारमा सहभागी हुन केन्द्रीय सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *