स्याङजा -२ पछिल्लो अपडेटः एमाले र कांग्रेसबिच प्रतिस्पर्धा, यस्तो छ ताजा स्थिति…

Uncategorized

मंसिर २६, काठमाडौं । स्याङजा निर्वाचन क्षेत्र नं २(क) मा प्रदेशसभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार मोहन प्रसाद रेग्मीले अग्रता लिइरहनु भएको छ । उहाँले १६६१३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार विष्णु पौडेलले १३१४०मत ल्याएर उहाँलाई पछ्याइरहनु भएको छ । दुवैबिच ३४७३ मतको अन्तर रहेको छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ बिजयी भएका छन् । गुरुङले २० हजार २४८ मत पाएर बिजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका तुल्सी गिरीले १४ हजार ५१० मत पाएका छन् ।

– leadingnepalnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *