मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन् ।विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।
मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका छन् ।संघीयस समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत ल्याएका छन् ।
क्षेत्र नं. ५ को नतिजा घोषणा भएसँगै मोरङका ६ वटै क्षेत्रको प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न भएको छ ।अहिले प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ ।
– enepalpost बाट