ललितपुर प्रहरीले तीनवटा बयस्क मृग तस्करी गरिरहेको अवस्थामा फेला पारेको छ । महानगरीय प्रहरी वृत्त चाँपागाँउको टोलीले ललितपुरको कोन्ज्योसोम गाँउपालिकामा शिकार गरि काठमाडौं ल्याउदै गरेको अवस्थामा तीनवटा मरेका मृग बरामद गरेको हो ।
भारदेउबाट लगनखेल तर्फ आईरहेको बा ४ ख ५३६४ नम्बरको बस चेकजाँच गर्ने क्रममा ती मृग फेला परेका हुन । उहाँका अनुसार शिकार गरि मारेर टुक्रा–टुक्रा पारेको अवस्थामा तीनवटा बोरामा बरामद भएको हो ।
प्रहरीले बरामद मृग र गाडी चालकलाई जिल्ला बन कार्यालयमा बुझाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा संचालित केही तारे होटल र रेष्टुरेन्टले बिशेष पाहुनाका लागि गोप्य रुपमा मृगको मासु खुवाउनको लागि मासु ल्याइएको हो । ललितपुरका दक्षिणी क्षेत्रमा रहेको घना जंगलका बन्यजन्तु असुरक्षित रहेको आवाज उठेपनि संरक्षणमा उदासिनता देखाउदा तस्करी र अवैध शिकार बढेको हो ।
– news24 nepal बाट