बम विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख , छोरी प्रमिसाको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने

Uncategorized

तुलसीपुर उपमहनगरपालिका–१२ क्वांगीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् ।बिमाबापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो ।

निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भएपनि चौधरी पहिलो ‘सहिद’ भएको उनले बताए ।उनले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारीको व्यवस्था तथा उनकी डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिने उल्लेख गरे ।

त्यस्तै, संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्यपालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए ।

चौधरी परिवारलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरियाखर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको रु २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद रु २५ हजार गरी रु ५० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी, श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट किरियाखर्चबापत रु २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने घोषणा गरे ।

बम विस्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको बिहीबार अन्त्येष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो ।

– satyasamachar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *